अधीर छु आज
मनमा केही गर्लम्म
बज्रे जस्तो
हृदयमा केही
गर्हुङ्गो झुन्डिए जस्तो
त्यसै त्यसै
गलिरहेछु,
धुईं-धुईं बिसौनी
खोजिरहेछु ।
डराएको छु आज,
दौडमै नभइ कसैले ऊछिन्ने
डर,
युद्धमै नभइ कसैबाट
रेटिने डर,
त्यसै त्यसै
काँपिरहेछु,
अन्तरकुन्तरमा आँट खोजिरहेछु
।।
झुक्किएको छु आज,
उषाको उल्लास र
सन्ध्याको अत्यासमा,
मालश्रीको ताल र
ताण्डवको डमडममा,
त्यसै त्यसै
रङ्बङ्गिरहेछु,
वृत्तमा आदि-अन्त
खोजिरहेछु ।।।
अधीर, त्रसित,
भ्रमित छु म आज......
No comments:
Post a Comment